+
+
Shares

फ्रान्सले बनायो ‘स्टप कोभिड’ एप

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख २२ गते ६:१४

काठमाडौं । फ्रान्स सरकारले ‘स्टप कोभिड’ नामको मोबाइल एप लन्च गर्ने तयारी गरिएको छ । ११ मेदेखि ‘स्टप कोभिड’ एप सार्वजनिक गर्ने तयारी सरकारले गरेको हो ।

यो एपको सहयोगमा डाक्टरहरूले व्यक्तिको सम्पर्कमा नआइकन त्यो व्यक्तिमा कोरोना छ कि छैन भनेर पत्ता लगाउन सक्नेछन् । खासगरी यो एप कन्ट्याक्ट ट्रेसिङमा सहयोगी हुने बताइएको छ।

फ्रान्सको डिजिटल अफेयर्स मन्त्री सेड्रिक ओले भनेका छन्, ‘यो एपले कोरोना भाइरसलाई नियन्त्रणमा लिन अहं भूमिका खेल्नेछ ।’ प्रधानमन्त्री इम्मानुयल म्याक्रोको किचेन क्याबिनेट मन्त्रीसमेत रहेका सेड्रिकले यो एप जादूको छडीजस्तो नभए पनि फाइदाजनक हुने उनको भनाइ छ ।

फ्रान्समा कोरोना संक्रमण भए-नभएको पत्ता लगाउन धेरै मानिसहरूको नमुना संकलन गरेर परीक्षण गर्ने क्रम जारी छ ।

जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांकअनुसार फ्रान्समा एक लाख ६८ हजार आठ सय १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २४ हजार आठ सय ६४ जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?