
२२ वैशाख, काठमाडौं । रसुवाको नौकुण्ड गाउँपालिका-५ भोर्लेमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थान बस्ने २६ वर्षीय बुद्धिबहादुर तामाङ रहेका छन् ।
आइतबार राति आफ्नै घरमा बिजुलीको चिम फेर्ने क्रममा अचानक करेन्ट लाग्दा उनी गम्भीर घाइते भएका थिए ।
घाइते तामाङको नुवाकोट जिल्ला अस्पताल त्रिशुलीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4