
२२ वैशाख, बुटवल । कोरोना भाइरस (कोभिड–१९) को हटस्पट बनेको बाँकेको नेपालगञ्जमा प्रदेश सरकारले चासो बढाएको छ । प्रदेश ५ का सामाजिक विकासमन्त्री सुदर्शन बराल संक्रमित क्षेत्रको अवस्था बुझ्न नेपालगञ्ज पुगेका हुन् ।
‘किट र चिकित्सकको सुरक्षा सामग्री अभाव हुन दिन्नौं, सरकारको ध्यान कोरोनाविरुद्धको लडाईमा छ’ प्रभाबित क्षेत्रमा पुगेका मन्त्री बरालले अनलाइनखबरसँग भने, ‘सबै घरमा बसौं, नात्तिऔं । परिस्थिति प्रतिकुल छ, सबैले बुझौं ।’
नेपालगञ्जमा कोरोनाका बिरामी बढेसंगै जिल्ला प्रशासन कार्यालय बाँकेले सुरक्षा सतर्कता बढाएको छ । सीमा नाकामा कडाइ गर्दै आवतजावतमा विशेष निगरानी बढाएको सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले बताए ।
उनकाअनुसार आइतबार थपिएका संक्रमितहरुको सम्पर्कमा आएकाहरुको खोजी भइरहेको छ । नेपालगञ्जमा भेटिएका संक्रमित सबै एउटै टोलका वासिन्दा हुन् ।
उनीहरुलाई खजुरास्थित सुशील कोइराला क्यान्सर अस्पतालको आइसोलेसनमा राखिएको छ ।
प्रतिक्रिया 4