
२२ वैशाख, कैलाली । कैलालीबाट एक जना सुत्केरीको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । बझाङको केदारस्यु गाउँपालिकाकी ३३ वर्षीया जानकी देवी रावललाई कैलालीबाट हेलिकप्टरमार्फत उद्धार गरी काठमाडौं पठाइएको हो ।
उनी ११ दिन पहिले सुत्केरी भएकी थिइन् । पेट सुनिने समस्या देखा परेपछि उपचारका लागि उनलाई डडेल्धुरा अस्पताल ल्याइएको थियो ।
डडेल्धुरा अस्पतालले थप उपचारका लागि उनलाई सेती प्रादेशिक अस्पताल धनगढी रिफर गरेको थियो ।
सेती अस्पतालमा पनि उपचार सम्भव नभएपछि उनको उद्धार गरी काठमाडौ लगिएको सामाजिक विकास मन्त्रीका स्वकीय सचिव लोकेन्द्र धामीले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4