+
+
Shares

नेपालगञ्जमा प्रहरी र स्थानीयबीच झडप, प्रहरीको गाडी तोडफोड

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख २३ गते १३:२९
फाइल तस्वीर

२३ वैशाख, बाँके । नेपालगञ्जमा प्रहरी र स्थानीयबीच झडप भएको छ ।

त्रिवेणी चोकमा होहल्ला गरेको आरोपमा एक जना व्यक्तिलाई पक्राउ गरेपछि आक्रोशित भिडले प्रहरीमाथि ढुंगामुढा गरेको हो ।

जिल्ला प्रहरी कार्यालय, बाँकेका अनुसार प्रहरीले बिहान ११ बजेसम्म अत्याश्वयक सामग्री खरिदका लागि बजारमा निस्किन अनुमति दिएको थियो । तर, बजारमा भिड बढेपछि प्रहरीले तितरवितर पार्न खोजेको थियो ।

त्यसक्रममा स्थानीयले वडा प्रहरी कार्यालयको बा १ झ ८२८४ नम्बरको गाडीमा ढुंगामुढा गरेका थिए । अहिले स्थिति नियन्त्रण आइसकेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?