+
+
Shares

लकडाउनको तनाव भगाउने काइदा, शरीरमा दैनिक एउटा टाटु

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख २३ गते १३:५२

लकडाउनका कारण भोगिरहेको तनाव भगाउनका लागि मानिसहरुले अनेक खालका उपायहरु अपनाइरहेका छन् ।

बेलायतको वाथेम्स्टोमा बस्ने क्रिस उडहेड नामका एकजना पुरुषले लकडाउनको तनाव भगाउनका लागि अनौठो खालको उपाय अपनाएका छन् ।

उनले पछिल्लो ४० दिनदेखि आफ्नो शरीरमा दैनिक एउटा टाटु खोपिरहेका छन् ।

टाटु आर्टिस्टको रूपमा रहेका उडहेडको शरीरमा यत्रतत्र टाटुले भरिएको छ र शरीरको भागमध्ये केवल अनुहार मात्र खाली छ ।

लकडाउनको बेला समय कटाउन र तनाव हटाउनका लागि उनले दैनिक एउटा टाटु बनाउन सुरु गरेका थिए ।

यद्यपि टाटुप्रति उनको लगाव पहिलेदेखि नै थियो । १८ वर्षको उमेरमा उनले पहिलोपटक आफ्नो शरीरमा टाटु खोपेका थिए । उनले आफ्नो शरीरलाई एकजना टाटु आर्टिस्टका लागि कलाकारिता पोख्ने क्यानभासका रूपमा समेत प्रयोग गर्न दिएका छन् ।

क्रिसले अहिले हरेक दिन दिउँसो २ देखि ४ बजेसम्ममा आफ्नो जिउमा एउटा टाटु खोप्दछन् । उनले बनाएका हरेक टाटुहरु अर्थपूर्ण छन् ।

कतिमा लकडाउन सकिने जिज्ञासाहरू छन् भने कतिमा चिकित्साकर्मीहरुलाई धन्यवाद ज्ञापन गरिएको छ ।
एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?