+
+
Shares

ट्रम्पको दाबीको अष्ट्रेलिया प्रधानमन्त्रीद्वारा खण्डन

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख २३ गते १५:३२

२३ वैशाख, काठमाडौं । अष्ट्रेलियाले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कोरोना भाइरस (कोभिड–१९) चिनियाँ प्रयोगशालामा बनेको दाबीको खण्डन गरेको छ । अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मौरिसनले कोरोना भाइरस चीनको वन्यजन्तु बजारबाटै आएको हुन सक्ने बताएका हुन् । उनले अहिलेसम्म चीनको वन्यजन्तु बजारबाट कोरोना भाइरस आएको भन्ने कुरालाई फेर्न सकिने कुनै प्रमाण नभेटिएको बताए । यसअघि अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले पनि चीनको प्रयोगशालामा यो भाइरस बनेको पर्याप्त प्रमाण रहेको बताएका थिए ।

मौरिसनले क्यानबेरामा सञ्चारकर्मीहरुसँग कुरा गर्दै ट्रम्पले गरेको दाबीलाई पूर्णरुपमा नकार्न नसकिने तर अहिलेसम्मको प्रमाण अनुसार कोरोना भाइरस चीनको वन्यजन्तु बजारबाटै आएको पाइएको उनको भनाइ छ । अष्ट्रेलियाले यो भाइरसको उत्पत्तिको विषयमा जाँच गर्नुपर्ने अमेरिकाको मागमा भने समर्थन जनाउँदै आएको छ ।

यसैबीच अमेरिकाको नेशनल इन्स्टिच्युट अफ एलर्जी एण्ड इन्फेक्सियस डिजिजका  निर्देशक एन्थोनी फाउकीले अहिलेसम्मकै सबैभन्दा उत्कृष्ट प्रमाणले कोरोना भाइरस चीनको प्रयोगशालामा नबनेको देखाएको बताएका छन् । उनले यो भाइरस चमेरोबाट मानिसमा आएको र मानव निर्मित नभएको प्रमाण धेरै मेल खाएको उनको भनाइ छ ।

स्रोत : अलजजीरा 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?