+
+
१८ दिन बाँकी
Election Banner

उम्मेदवारहरू

३४०६
Candidates
प्रत्यक्ष ३४०६
सामानुपातिक १२७०

हट सिटहरु

६२
Hot Seat

पार्टीहरु

६८
Parties

चुनाव क्षेत्रहरु

१६५
Constituencies
Shares

ट्रम्पको दाबीको अष्ट्रेलिया प्रधानमन्त्रीद्वारा खण्डन

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख २३ गते १५:३२

२३ वैशाख, काठमाडौं । अष्ट्रेलियाले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कोरोना भाइरस (कोभिड–१९) चिनियाँ प्रयोगशालामा बनेको दाबीको खण्डन गरेको छ । अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मौरिसनले कोरोना भाइरस चीनको वन्यजन्तु बजारबाटै आएको हुन सक्ने बताएका हुन् । उनले अहिलेसम्म चीनको वन्यजन्तु बजारबाट कोरोना भाइरस आएको भन्ने कुरालाई फेर्न सकिने कुनै प्रमाण नभेटिएको बताए । यसअघि अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले पनि चीनको प्रयोगशालामा यो भाइरस बनेको पर्याप्त प्रमाण रहेको बताएका थिए ।

मौरिसनले क्यानबेरामा सञ्चारकर्मीहरुसँग कुरा गर्दै ट्रम्पले गरेको दाबीलाई पूर्णरुपमा नकार्न नसकिने तर अहिलेसम्मको प्रमाण अनुसार कोरोना भाइरस चीनको वन्यजन्तु बजारबाटै आएको पाइएको उनको भनाइ छ । अष्ट्रेलियाले यो भाइरसको उत्पत्तिको विषयमा जाँच गर्नुपर्ने अमेरिकाको मागमा भने समर्थन जनाउँदै आएको छ ।

यसैबीच अमेरिकाको नेशनल इन्स्टिच्युट अफ एलर्जी एण्ड इन्फेक्सियस डिजिजका  निर्देशक एन्थोनी फाउकीले अहिलेसम्मकै सबैभन्दा उत्कृष्ट प्रमाणले कोरोना भाइरस चीनको प्रयोगशालामा नबनेको देखाएको बताएका छन् । उनले यो भाइरस चमेरोबाट मानिसमा आएको र मानव निर्मित नभएको प्रमाण धेरै मेल खाएको उनको भनाइ छ ।

स्रोत : अलजजीरा 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?