Comments Add Comment

राजमोले भन्यो- प्राथमिकतामा राखेर भारतमा रहेका नेपालीलाई स्वदेश फर्काऊ

२३ वैशाख, काठमाडौं । राष्ट्रिय जनमोर्चा (राजमो)ले भारतमा रहेका नेपालीलाई स्वदेश फिर्ता ल्याउने कार्यलाई प्राथमिकता दिन सरकारसँग आग्रह गरेको छ ।

भारतमा मजदुरी गर्ने नेपालीहरुको अवस्था अत्यन्तै नाजुक रहेको भन्दै राजमोले विशेष प्राथमिकतामा राखेर उनीहरुलाई नेपालमा ल्याउन सरकारसँग अनुरोध गरेको हो ।

राजमोले मगलबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘भारतमा सामान्य र निम्न प्रकारका नोकरी गर्ने नेपालीहरुको अवस्था अत्यन्त चिन्ताजनक भएको छ । कोरोना भाइरसका कारणले नोकरी छुटेपछि उनीहरुलाई खान र बस्न पनि धेरै मुस्किल परेको छ र त्यसले गर्दा भोकमरीको अवस्था नै उत्पन्न भएको छ । त्यसकारण उनीहरुलाई नेपालमा ल्याउन पहल गर्नुपर्ने आवश्यकतामा हामीले विशेष जोड दिन्छौँ ।’

‘भारतस्थित नेपाली दूतावास तथा नेपालीहरुका विभिन्न संगठनहरुसँग सम्पर्क गरेर कुन ठाउँमा रहेका नेपालीहरुको अवस्था अत्यन्त खराब छ ? त्यो छुट्याई प्राथमिकताका आधारमा उनीहरुलाई नेपाल ल्याउन ठोस पहल गर्न हामी जोड दिन्छौँ । अन्यथा भारतमा भोक र रोगले गर्दा ठूलो संख्यामा नेपालीहरु बिरामी हुने वा मृत्यु हुने सम्भावनाप्रति पनि हामीले सरकारको ध्यानाकर्षित गराउन चाहान्छौँ,’ विज्ञप्तिमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment