+
+
Shares

गभर्नर अधिकारीको सम्पत्ति : १० ठाउँमा जग्गा, करोडको सेयर

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख २३ गते १६:३४

२३ वैशाख, काठमाडौं । नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । एक महिनाअघि चैत २४ गते केन्द्रीय बैङ्कको गभर्नरमा नियुक्त भएका उनले राष्ट्र बैङ्कको वेवसाइटमार्फत आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् ।

सार्वजनिक विवरणअनुसार गभर्नर अधिकारीको १० ठाउँमा जग्गा रहेको छ । कतै आफ्नो तथा कतै श्रीमती सरिता अधिकारीको नाममा जग्गा किनेर राखेको उनको सम्पत्ति विवरणमा देखिएको छ ।

गभर्नर अधिकारीको झापामा ४ ठाउँमा जग्गा रहेको छ भने ललितपुरको ५ ठाउँमा र मकवानपुरको एक ठाउँमा जग्गा रहेको छ । उनको ललितपुरको सैंबुमा २२०० वर्गफिटमा बनेको घरसमेत रहेको छ ।

अधिकारीले चल सम्पत्तिको रुपमा सुन २७ तोला, चाँदी ५० तोला र नगद १८ हजार रुपैयाँ रहेको उल्लेख गरेका छन् ।

बैङ्क तथा वित्तीय संस्थाको खातामा भने १६ लाख रुपैयाँभन्दा बढी रकम रहेको उनले उल्लेख गरेका छन् । उनले विभिन्न कम्पनीहरूको एक करोड सात लाख रुपैयाँमा किनेको सेयर रहेको समेत आफ्नो सम्पत्ति विवरणमा उल्लेख गरेका छन् ।

हेर्नुहोस् गभर्नर अधिकारीको सम्पत्ति विवरण 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?