Comments Add Comment

कैलालीबाट गोरखा आएका मजदुरको कोरोना परीक्षण, सबैको रिपोर्ट नेगेटिभ

२३ वैशाख, गोरखा । जिल्ला प्रहरी कार्यालय गोरखाको भवन निर्माणका लागि कैलालीबाट गोरखा ल्याइएका मजदुरहरुको कोरोना परीक्षण गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालयबाट खटिएको टोलीले मंगलबार आरडीटी टेस्टमार्फत उनीहरुको कोरोना परीक्षण गरेको हो । परीक्षणको रिपोर्ट अनुसार उनीहरुमा कोरोना संक्रमण नभएको स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन नारायण अर्यालले बताए । ‘प्रहरी कार्यालय परिसरभित्रै गएर उनीहरुको परीक्षण गर्‍यौ, सबैको रिपोर्ट नेगेटिभ आयो,’ उनले भने ।

मजदुरमा कोरोना संक्रमण नदेखिएकाले भोलिबाट भवन निर्माणको काम सुरु गर्ने एसपी ओम प्रसाद अधिकारीले बताए । कार्यालयको निर्माणाधिन भवनको काम सुचारु गर्न भन्दै प्रहरीले कैलालीबाट २८ जना मजदुरलाई मंगलबार गोरखा ल्याएको हो । लकडाउनको समयमा कोरोना संक्रमणको जोखिम रहेको ठाउँबाट मजदुर ल्याएको भन्दै जिल्लावासीले असन्तुष्टी व्यक्त गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment