+
+
Shares

लकडाउनका कारण रोकिएका विकास निर्माणका काम सुरु हुन्छ : राज्यमन्त्री मानन्धर

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख २४ गते १३:५१

२४ वैशाख, काठमाडौं । काठमाडौंमा लकडाउनका कारण रोकिएका विकास निर्माणका आयोजनाहरु सुचारु हुने भएको छ ।

सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले काठमाडौं उपत्यकाभित्रका विभिन्न विकासे आयोजना सञ्चालनका लागि स्थानीय प्रशासनसँग अनुमति लिनेकाम भइसकेकाे जानकारी दिए ।

बुधबार चमती एकीकृत जग्गा एकीकरण विकास आयोजनाको निरन्तरताका लागि निर्माण सामग्री आयात र सञ्चालन अनुमति पत्र हस्तान्तरण गर्दै मन्त्री मानन्धरले तोकिएकै समयभित्र आयोजना सम्पन्न गर्न ठेकेदार कम्पनीलाई निर्देशन दिए ।

कार्यक्रममा चमती एकीकृत आयोजनाका ठेकेदार दावा लामाले तोकिएकै मितिमा आयोजना समापन गर्ने प्रतिबद्वता जनाए । मन्त्री मानन्धरले लकडाउनका समयमा पनि सामाजिक दुरी कायम गर्दै विकास आयोजना सञ्चालन गर्नुको विकल्प नरहेको भन्दै कोरोना महामारीसँग जुध्दै विकासलाई पनि निरन्तरता दिइने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?