Comments Add Comment

चेम्बर अध्यक्षले भने– उद्योग खोल्ने निर्णय स्वागत योग्य

२४ वैशाख, काठमाडौं । उद्योगी–व्यवसायीहरुको संगठन नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठले उद्योगधन्दाहरु खोल्न दिने सरकारले गरेको निर्णय स्वागत योग्य भएको बताएका छन् ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले ४२ प्रकारका उद्योगहरु खोल्न दिने निर्णय गरेपछि अध्यक्ष श्रेष्ठले आफूहरुले उठाउदै आएको माग पुरा भएको बताए ।

सधै बन्दाबन्दी हुँदा मुलुकको अर्थतन्त्र धराशाही हुने भएकाले पनि उद्योगहरु सुरक्षा सतर्कता अपनाएर खुलाउनै पर्ने आवश्यकता रहेको उनले बताए । यद्यपि, यतिले मात्रै भने नपुग्ने अध्यक्ष श्रेष्ठले बताए ।

ढुवानीहरुलाई सहज बनाउने र उत्पादन भएको वस्तु बिक्री वितरणका लागि अब पसलहरु पनि खुला गर्नु पर्ने उनले बताए ।

‘हामीले उठाउदै आएको कुरा हो, निर्णय स्वागत योग्य छ’ अनलाइनखबरसँगको कुराकानीमा उनले भने, ‘तर उच्च स्वास्थ्य सतर्कता भने अपनाउनु पर्छ, सरकारले अब ढुवानी सहज बनाउने र बिक्री वितरणका लागि पसलहरु पनि खुला हुनुपर्छ ।’

उनले अब श्रमिकको समस्या भने हुन्छ कि भन्ने चिन्ता लागेको उनले बताए । बाहिरबाट श्रमिक आउदा उनीहरुको स्वास्थ्य परीक्षण गराएर पूर्ण रुपमा ठिक छ भने मात्रै काममा लगाउनु पर्ने उनले बताए ।

अर्थतन्त्रलाई चलायमान बनाउन उद्योग धन्दा खोल्नै पर्ने भए पनि सुरक्षा सतर्कतामा भने सबैले ख्याल गर्नु पर्ने अध्यक्ष श्रेष्ठले बताए ।

बुधबार सरकारले खाद्यान्न र अन्य अत्यावश्यक वस्तु उत्पादन गर्नेसहित ४२ प्रकारका उद्योग सञ्चालनमा ल्याउने निर्णय गरेको छ ।

उद्योग मन्त्रालयको प्रस्ताव तथा कोरोना नियन्त्रण उच्चस्तरीय समितको सिफारिसमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले वैशाख २६ गतेदेखि त्यस्ता उद्योग सञ्चालन गर्ने निर्णय गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment