Comments Add Comment

इरानमा बल्झियो कोरोना कहर

२५ वैशाख, काठमाडौं । इरानमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण अचानक बढेको छ । कोरोना भाइरस नियन्त्रणतर्फ अघि बढिरहेको अवस्थामा बुधबार अचानक इरानमा कोरोना भाइरसका एक हजार ६ सय ८० नयाँ संक्रमित फेला परेका हुन् ।

गत अपि्रल ११ यता एकैदिनमा सबैभन्दा धेरै संक्रमित फेला परेका हुन् । इरानमा कोरोना भाइरसका संक्रमितको संख्या पनि एक लाख नाघेको छ ।

पछिल्लो चार दिनमा कोरोना भाइरसका नयाँ संक्रमितको संख्यामा वृद्धि भइरहेको पाइएको छ । त्यसैले इरानमा कोरोना भाइरसको संकट फेरि बल्झिएको केहीले बताउन थालेका छन् । इरानमा अहिले फैलिएको कोरोना भाइरसको महामारीलाई दोस्रो चरणको महामारीको भएको बताइएको छ ।

इरानका स्वास्थ्य मन्त्रालयका प्रवक्ता किअनोउश जहांपोरले पछिल्लो तीन/चार दिनदेखि कोरोना भाइरसको संक्रमण बढ्नुमा अनावश्यक यात्रा एक कारण हुन सक्ने बताएका छन् ।

इरानले अप्रिल ११ देखि लकडाउनमा केही छुट दिइएको थियो । त्यसका साथै कम जोखिम भएको क्षेत्रमा मस्जिद पनि खोल्ने अनुमति दिइएको छ ।

बुधबार सार्वजनिक गरिएको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा ७८ जनाको कोरोना भाइरसको कारण मृत्यु भएको थियो । यससँगै इरानमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ६ हजार चार सय १८ पुगेको छ ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment