Comments Add Comment

भारतमा रहेका नेपालीको उद्धार गर्न माग

२५ वैशाख कैलाली । भारतमा रहेका नेपालीहरुको उद्धार गर्न माग गर्दै सुदूरपश्चिम प्रदेश सरकारलाई ज्ञापन पत्र बुझाइएको छ ।

कोरोना भाइरसको महामारीपछि भारतमा अलपत्र परेका नागरिकहरुको उद्धारको माग गर्दै नेपाली जनसम्पर्क समिति उत्तर भारत क्षेत्रले बुधबार मुख्यमन्त्री त्रिलोचन भट्टलाई ज्ञापन पत्र बुझाएको हो ।

ज्ञापन पत्रमा नेपाल आउन चाहाने नागरिकलाई यथाशीघ्र स्वदेश भित्र्याउन पहल गर्न माग गरिएको छ ।

भारतीय दूतावासले समेत चासो नदिएको भन्दै विभिन्न क्षेत्रमा कार्यरत मजदुर, विद्यार्थी, तीर्थयात्री एवंम् उपचारका लागि पुगेका बिरामीहरु र कुरुवाहरुको उद्धार गर्न र राहत प्याकेज ल्याउन ज्ञापन पत्रमार्फत प्रदेश सरकारको ध्यानाकर्षण गराइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment