+
+
Shares

मालबाहक गाडीमा पनि काठमाडौं आउन रोक

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख २४ गते २०:१८

२४ वैशाख, काठमाडौं । सरकारले मालवाहक सवारी साधनमा बसेर काठमाडौं प्रवेश गर्न पनि रोक लगाएको छ ।

निजी र यात्रुबाहक सवारी साधनबाट काठमाडौं उपत्यका प्रवेशमा रोक लगाएको सरकारले मालवाहक गाडीबाट मानिसहरु प्रवेश गर्न सक्ने आशंका गर्दै त्यसमा पनि कडाइ गरेको हो ।

अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले बुधबार बसेको मन्त्रिपरिषद बैठकको निर्णय सुनाउँदै मालवाहक सवारी साधनमा यात्रु राखेर राजधानी प्रवेश गर्न नपाइने बताए ।

मालबाहक सवारीसाधनमा प्रवेश गर्नेहरुको नाम र जन्ममिति उल्लेख गर्ने, राजधानी प्रवेश गरेको र फर्केको मिति उल्लेख गर्नुपर्ने उनले बताए ।

झुटा विवरण दिई यात्रा गरेको पाइए कारबाही गर्ने पनि मन्त्री खतिवडाले बताए । त्यस्तै एम्बुलेन्स दुरुपयोग गर्नेलाई कारबाही गर्ने पनि सरकारले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?