Comments Add Comment

‘ब्रह्माश्त्र’को पारिश्रमिकमा रणवीर र आलियाले दिए छुट

कोरोनाका कारण बलिउड निकै प्रभावित बनेको छ । चलचित्रजन्य हरेक क्रियकलापहरु रोकिएका छन् । त्यसको प्रभाव चलचित्रसँग जोडिएका जो कोहीलाई पनि परेको छ ।

कोरोनाका कारण रिलिजको तयारीमा रहेका चलचित्र रिलिज हुन पाएनन्, छायांकनको अन्तिम चरणमा पुगेका चलचित्रको छायांकन रोकियो । हलहरु बन्द भए, चलचित्रकर्मी बेरोजगार ।

चलचित्रको छायांकन रोकिदा निर्मातालाई भने ठुलो घाटा लागेको छ । चलचित्रको लागि तयार भएको सेट भत्किएका छन् । छायांकन समय लम्बिदा बजेट पनि बढिरहेको छ ।

छायांकनको अन्तिम चरणमा पुगेको चलचित्र ‘ब्रह्माश्त्र’को पनि छायांकन रोकिएको छ । निर्माता कारण जोहर छायांकन रोकिदा चलचित्रको बजेट बढिरहेको गुनासो गर्दै आएका छन् ।

यस्तैमा, चलचित्रका मुख्य दुई कलाकार रणवीर कपुर र आलिया भट्टले चलचित्रको पारिश्रमिक कम गरिदिएका छन् । निर्मातालाई केही राहत होस् भन्ने उद्येश्यले उनीहरुले चलचित्रबाट लिने पारिश्रमिकमा केही प्रतिशत छुट दिएका हुन् ।

चलचित्रका निर्देशक आयन मुखर्जीले पनि आफ्नो पारिश्रमिकमा छुट दिने बताएका छन् । निर्देशक मुखार्जीले नाफाको प्रतिशत लिने सर्तमा आफ्नो पारिश्रमिकमा छुट दिएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment