+
+
Shares

सप्तरीमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख २५ गते ११:४७
हात्तीले भत्काइदिएको घर र मृतक जानकी ।

२५ वैशाख, सप्तरी । सप्तरीमा एक जना महिलाको हात्ती आक्रमणबाट मृत्यु भएको छ । शम्भुनाथ नगरपालिका-२ की ३८ वर्षीया जानकी मगरको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घरमा हात्ती प्रवेश गरेपछि जानकी श्रीमान पेशलसँगै भोगेकी थिइन् । भाग्दै गर्दा उनलाई हात्तीले आक्रमण गरेको श्रीमान पेशलले बताए ।

हात्ती आक्रमणबाट गम्भीर घाइते भएकी उनलाई उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । मृतकको शव परीक्षणका लागि यसै अस्पतालमा राखिएको छ ।

हात्तीले दुई जनाको घरसमेत भत्काइदिएको छ । लक्ष्मण मण्डल र बलराम ईसरको घर भत्काइदिएको स्थानीयले ताएका छन् ।

डिभिजन वन कार्यालय सप्तरीका प्रमुख सन्तोषकुमार झाले मृतकको परिवारलाई तत्कालै किरिया खर्चवापत ५० हजार उपलब्ध गराउने र क्षतिपूर्तिवापत सरकारी पक्षबाट दिइने १० लाखका लागि कोशी टप्पु वन्यजन्तु आरक्षमा अबिलम्ब प्रक्रिया अगाडि बढाइने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?