+
+
Shares

२८१ यात्रु बोकेर सिड्नी उड्यो नेपाल एयरलाइन्स

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख २४ गते १४:३५

२४ वैशाख, काठमाडौं । नेपाल एयरलाइन्सको वाइडबडी ए३३० जहाज पूर्ण क्षमतामा यात्रु बोकेर अष्ट्रेलियाको सिड्नीका लागि उडेको छ । त्रिभुवन विमानस्थलबाट बुधबार सवा एक बजे उडेको यो जहाजमा अष्ट्रेलिया र न्यूजिल्याण्ड २ सय ८१ जना यात्रु रहेको नेपालस्थित अष्ट्रेलियन दूतावासले उल्लेख गरेको छ ।

यो जहाज सिड्नी पुगेर नेपाल भने रित्तै र्फकनेछ । कोरोना भाइरसको संक्रमण भित्रने डरले नेपालले विदेशबाट नेपालमा यात्रु आउन प्रतिवन्ध लगाएको छ । नेपाल एयरलाइन्सको यो दोस्रो अष्ट्रेलिया उडान हो ।

यसअघि अष्ट्रेलियाकै बि्रस्बेनमा नेपाल एयरलाइन्सको वाइडबडी जहाजले उडान गरिसकेको छ । अन्तराष्ट्रिय व्यवसायिक उडानमा लागेको लामो प्रतिवन्ध र स्थलमार्गमा लकडाउनका कारण नेपालमै अड्किएका यी दुई मुलुकका नागरिक आज स्वदेश फर्किएका हुन् ।

यात्रु स्वयमले टिकट काट्ने गरी अहिले सम्बन्धित मुलुकले चार्टर्ड उडानको व्यवस्थापन मिलाएका छन् । यस उडानमा समेत यात्रु स्वयमले नेपाल एयरलाइन्सबाटै सिधै टिकट काटेका छन् ।

आजै बेइजिङ उड्ने
नेपाल एयरलाइन्सको अर्को वाइडबडी जहाज भने आजै चीनको बेइजिङ उड्ने भएको छ । निजी व्यवसायीले मेडिकल सामान भित्राउन यो जहाज चार्टर्ड गरेका छन् । बेइजिङमा भने नेपाल एयरलाइन्सले कार्गो उडान गर्न लागेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?