+
+
Shares

लकडाउनमा रोकिएन भ्रष्टाचार, अख्तियारमा बढ्यो अनलाइन उजुरी

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख २६ गते ९:४२

२६ वैशाख, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोग (अदुअआ) मा अनलाइन उजुरी दिनेहरूको संख्या बढेको छ ।

कोभिड-१९ महामारी रोकथाम तथा नियन्त्रणका लागि गरिएको लकडाउनका बेला पनि उजुरीमा कमी नआएको अदुअआ प्रवक्ता प्रदीपकुमार कोइरालाले अनलाइनखबरलाई बताए ।

‘अधिकांश उजुरी अनलाइनबाट आएका छन्’ कोइराला भन्छन्, ‘लकडाउनका कारणले होला, अनलाइन उजुरी ह्वात्तै बढेको छ ।’

इमेल, वेभसाइट, फेसबुक, भाइबर, टि्वटर, हटलाइन र टोल फ्रि नम्बरबाट अदुअआमा उजुरी गर्नेको संख्या बढेको हो ।

कुल उजुरी बढ्न सक्ने

अदुअआले कञ्चनपुर, सुर्खेत, नेपालगञ्ज, बुटवल, पोखरा, हेटौडा, बर्दिवास, इटहरी र टंगालस्थित कार्यालयबाट उजुरी लिन्छ ।
गत आर्थिक वर्षमा सबै कार्यालयमा गरेर १६ हजार नौ सय ९७ उजुरी परेका थिए । जसमध्ये सबैभन्दा बढी टंगालस्थित प्रधान कार्यालयमा नौ हजार आठ सय ५५ उजुरी परे ।

आर्थिक वर्ष २०७५/०७६ मा प्रधान कार्यालयमा मासिक औसत आठ सय २१ उजुरी परेका थिए । त्यहाँ यसपटक वैशाखको पहिलो दुई हप्तामै पाँच सयभन्दा बढी उजुरी परेको प्रवक्ता कोइरालाले जानकारी दिए ।

‘महामारीमा मह चाट्न खोज्ने बढे’

ओम्नी समूहमार्फत चीनबाट दशौं गुणा बढी मूल्यमा स्वास्थ्य सामग्री खरिद गरिएको भन्दै अदुअआमा दुईवटा उजुरी परेका छन् ।
वागमती प्रदेश सांसद तथा विवेकशील नेपाली दलका नेता रमेश पौडेल र वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले उपप्रधानमन्त्री, स्वास्थ्यमन्त्री, स्वास्थ्यसचिवलगायत विरुद्ध छुट्टाछुट्टै उजुरी दिएका हुन्।

अदुअआ स्रोतका अनुसार लकडाउनका बेला परेका उजुरीहरू स्वास्थ्य सामग्री खरिद, क्वारेन्टाइन निर्माण, राहत वितरणसँग सम्बन्धित छन् । केही उजुरी काठ तस्करी, गिटी बालुवा उत्खननसँग सम्बन्धित छन् ।

ट्रान्सपरेन्सी इन्टरनेसनल, नेपालका अध्यक्ष खेमराज रेग्मी कोभिड-१९ महामारीका बेला भ्रष्ट मानसिकता भएकाहरूले मौकामा चौका हान्न खोजेको बताउँछन् ।

‘सबैको ध्यान कोरोनामा केन्द्रित हुन्छ। जति लुटे पनि कसैले विरोध गर्दैन भन्ने प्रवृत्तिले गर्दा भ्रष्टाचार बढेको देखिन्छ’ अध्यक्ष रेग्मी भन्छन्, ‘भ्रष्टाचार भएको नजिकबाट थाहा पाउनेले उजुरी दिएको हुन सक्छ ।’

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?