+
+
Shares

रविभवनमा कार र मोटरसाइकल एकआपसमा ठोकिँदा मोटरसाइकल चालकको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख २६ गते १३:५७

२६ वैशाख, काठमाडौं । रविभवनमा कार र मोटरसाइकल एकआपसमा ठोकिँदा  एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा झापाका २३ वर्षीय टिकाराज गेलाल छन् ।

बा २१ च ४३४७ नम्बरको कार र गेलालले कुदाएको बा ७२ प ८१७२ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा गेलालको मृत्यु भएको हो ।

कार नेपाली सेनाका कर्णेल शिखर जबराले कुदाएका थिए ।

उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जबराविरुद्ध सवारी ज्यान मुद्दामा कारबाही प्रक्रिया अघि बढ्ने महानगरीय प्रहरी वृत्त, कालिमाटीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?