+
+
Shares

एमसीसी स्विकार नगरौंः जनमोर्चा

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख २७ गते १२:०३

२७ बैशाख, काठमाडौं । राष्ट्रिय जनमोर्चाले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदबाट पारित गर्न नहुनेमा जोड दिएको छ ।

नेकपा कार्यदलले सुझाव दिए जसरी संशोधन गरेर पनि सम्झौतालाई स्विकार गर्न नसकिने जनमोर्चाको निश्कर्ष छ । पार्टी अध्यक्ष चित्रबहादुर केसीले शनिबार विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘त्यो संशोधन गरेर पनि स्विकार गर्न नसकिने सम्झौता हो ।’

जनमोर्चाले नेपाली भूमि लिपुलेक हुँदै मानसरोबर जान सडक खोलेकोमा पनि भारतको विरोध गरेको छ । भारतीय नेपाली भूमि मिच्दा पनि सरकारले भारतपरस्त नीति लिएको उसको दाबी छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?