Comments Add Comment

एमसीसी स्विकार नगरौंः जनमोर्चा

२७ बैशाख, काठमाडौं । राष्ट्रिय जनमोर्चाले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदबाट पारित गर्न नहुनेमा जोड दिएको छ ।

नेकपा कार्यदलले सुझाव दिए जसरी संशोधन गरेर पनि सम्झौतालाई स्विकार गर्न नसकिने जनमोर्चाको निश्कर्ष छ । पार्टी अध्यक्ष चित्रबहादुर केसीले शनिबार विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘त्यो संशोधन गरेर पनि स्विकार गर्न नसकिने सम्झौता हो ।’

जनमोर्चाले नेपाली भूमि लिपुलेक हुँदै मानसरोबर जान सडक खोलेकोमा पनि भारतको विरोध गरेको छ । भारतीय नेपाली भूमि मिच्दा पनि सरकारले भारतपरस्त नीति लिएको उसको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment