+
+
Shares

गगनजी, आँट छ लिपुलेकमा राष्ट्रिय झण्डा गाड्ने ?

विष्णु गौतम विष्णु गौतम
२०७७ वैशाख २८ गते १३:००

हिजो विहान ९ वजे युवा नेता गगन थापाको एउटा पोष्ट आयो फेसबुकमा ‘परराष्ट्रमन्त्रीज्यू, हाम्रो भूमि हुँदै सडक निर्माण गरेको कुरा भारतीय सञ्चार माध्यमबाट थाहा पाउने हाम्रो कस्तो राज्य संयन्त्र ? नक्सा प्रकरणमा सही र सशक्त प्रतिवाद गर्न चुक्दाको परिणाम हो यो । अब पनि जानकारी मागेर मात्रै बस्ने कि यो अतिक्रमण र मिचाहा प्रवृत्तिको प्रतिवाद गर्ने ?’

यो लेखिरहँदा उनको यो पोष्टमा ७५०० लाइक, ८०३ कमेण्ट र ३७३ सेयर भएको थियो ।

गगन थापाको यो पोष्टलाई यहाँ किन उठाएको भने सायद अब यो देशमा भरोसा गर्न योग्य नेता र नेतृत्व उनी मात्रै हुन् । उनको पोष्टमा अधिकतम कमेण्ट नेपाली काँग्रेस र नेकपा यो देशका लागि किर्ना सरह भएको आशयका कमेण्ट अत्याधिक थिए । जसमा केही कमेण्टहरु उनीमाथि थिए । मानौं उनीले नेतृत्व लिए भने नेपालप्रति भारतले गरेको अपमान र हेपाहा प्रवृत्तिको विरोध गर्न सकिन्छ ।

हो, देशमा वन्दावन्दी चलेको छ यो समयमा बाहिर हिँडडुल गर्नु राम्रो होइन । तर, पनि कतिपय अवस्थाहरु यस्ता आउँछन्, मर्नुभन्दा बौलाउनु जाति । त्यसैले यो बन्दाबन्दीको सम्मान गर्दै र सामाजिक दुरी कायम गरी पैदल लिपुलेकको अतिक्रमित भूमिमा गएर नेपाली झण्डा फहराउँदै हाम्रो जमिन फिर्ता गर्ने हैसियत हामी सबै नेपालीमा हुनु जरुरी छ । आशा छ, यसको नेतृत्व नेपाली युवा गगन थापाले लिनुहुने छ । किनभने तपाई पार्टीको आदेश पालना गर्ने पाल्तु कुकुर जस्तो होइन, सचेत युवा हो, जो लाखौं युवाको मन जित्न सक्ने आँट राख्नु हुन्छ ।

हो, म सिद्धान्ततः तपाईलाई भोट हाल्दिनँ । यसो भनिरहँदा म यो ग्यारेन्टी गर्न सक्छु, यो अभियानमा म तपाईको निर्देशनको पालना पर्छु । तर, तपाईले आँट गर्नुहोस् नेपाली झण्डा बोकेर लिपुको अतिक्रमित भूमिमा राष्ट्रवादको भाषण ठोक्ने ।

तपाईको भाषणको रिदमसँगै हामी हाम्रो भूमि मिच्ने भारतीयको टाउकोमा नेपाली मुक्का प्रहार गर्ने छौं । गफ हान्न आउँदैन मलाई । किनभने, म तपाई र मेरा पार्टीका नेताजस्तो होइन । तर, पनि कम्तिमा नेकपाका कट्टर एक हजार राष्ट्रवादी युवा तपाईको नेतृत्वमा ल्याउनेछु ।
तत्कालीन समयका भरोसालाग्दा युवा नेतृत्व योगेश भट्टराईको नेतृत्वमा कालापानीमा मार्च भयो, जसको कमाण्ड रविन्द्र अधिकारीले गरेका थिए । उनीहरुले कालिपानीमा भारतले नेपालको भूमि मिचे पनि सरकार मौन बसेको भन्दै एउटा दबाव सिर्जना गरे । कालापानीमा भारतीय सरकारले नेपाली भूमि मिचेको भन्दै विरोध गरेर काठमाडौंबाटै मार्च पासको नेतृत्व गर्दै रविन्द्र अधिकारीले हिम्मत गरे । तर, अहिले उनी हामीमाझ छैनन् । योगेश सरकारी रछ्यानको दलदलमा यति गाडिएका छन् कि उनि चाहेर पनि बाहिर निस्कन सक्दैनन् ।

जसरी रविन्द्रको राजनीतिक टर्निङ प्वाइन्ट कालापानी अभियान भयो, त्यसरी नै तपाईको टर्निङ प्वाईन्ट पनि लिपुलेक अभियान हुन सक्छ । मलाई राम्ररी थाहा छ, तपाई राजनीतिभन्दा माथि उठेर राष्ट्रियताको कुरामा एक हुनुहुन्छ । त्यसैले तपाईले गर्ने यो अभियान तपाईको राजनीतिक लाभका लागि हुँदै होइन । कृपया गगनजी मेरो अनुरोध छ– तपाईले अब सामाजिक सञ्जालमा लेखेर मात्रै राष्ट्रभक्ति प्रस्तुत गर्न पाउनुहुँदैन । तपाई यो देशको भरोसा हो र मेरो पनि । त्यसैले यो लिपुलेकको अतिक्रमित भूमि फिर्ताको विषयमा गरिने अभियानको नेतृत्व तपाईले गर्नुहोस् ।

गत फागुन ४ गतेको एउटा दैनिक पत्रिकामा प्रधानमन्त्री केपी शर्माको भनाइलाई मुख्य शीर्षक बनाएर छापिएको थियो । जसमा ‘महाकालीवारि सडक खन्दै भारत’ भन्ने शीर्षकको समाचारमा प्रधानमन्त्रीले भनेका थिए, ‘नक्सा कसले छाप्यो, कहाँ छापियो भन्दा पनि त्यो भूभाग नै फिर्ता ल्याउने पहलमा छौं ।’

तर, आज तीन महिना हुन लाग्यो, त्यही बाटो हुँदै तिब्बत मानसरोवर जाने बाटो बनाएको । तर सरकार बोल्दैन । उसले आफ्नै धोती सम्हाल्न भ्याएको छैन, हाम्राबारेमा के बोलिदेला ? तपाईको त धोती फुस्केको छैन नि गगनजी । त्यसैले, आउनुहोस् मोर्चाको नेतृत्व गर्नुहोस् ।

हिन्दुस्तानमा पानी पर्दा सिंहदरबारमा छाता ओड्ने भक्तहरु भएको देशमा बसेर स्वतन्त्र देशको राष्ट्रवादी नागरिकको कल्पना गर्नु दिवा सपनाजस्तो लाग्न थालेको छ । त्यसैले त गगनजी हामी भारत भन्दा सयांै वर्ष पुरानो र सार्वभौम र शक्तिशाली मुलुक हौं भन्ने अभियानको जानकारी दिने मोर्चाको नेतृत्व गरिदिनुस् । पूर्व मेचीदेखि उत्तरमा सगरमाथाको टाकुरादेखि राष्ट्रवादी जनताको मार्चपास गरौं महेन्द्र राजमार्ग र लोकमार्गमा अनि देखाउ नेपाली हुनुको पहिचान ।

अरुको मुलुकका लागि गर्धन थाप्ने वीर गोर्खालीको वीरताको गाथा लिपुलेकमा गाऔं । हाम्रा लागि आफ्नो सन्तानका लागि र स्वाभिमानका लागि हामीले लिपुलेकको अतिक्रमित भूमिमा मार्च पास गरौं । अनि गाउने छन् हाम्रो गाथा पछिल्ला पुस्ताले । तब मात्र पाखा लाग्ने छन् सिरकभित्रबाट बोलिने खोक्रा राष्ट्रवादीहरु । त्यसपछि छटपटाउने छन् सिंहदरबारका किर्नाहरु । अनि तपाईको फेसबुक पेजको वाल फोटो कार्यकर्ताको भिडको होइन, राष्ट्रवादीहरुको नेपाली झण्डासहितको हुने छ ।

विचार गर्नुहोस् गगनजी, तपाईलाई चार तारे झण्डा भन्दा राष्ट्रिय झण्डा निकै सुहाउँछ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?