+
+
Shares

स्वस्तिमालाई फ्यानको प्रश्न– ‘निश्चलसँग पैसाका लागि बिहे गर्नुभएको हो ?’

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख २८ गते १३:०४

नायिका स्वस्तिमा खड्काले आफ्ना फ्यानको जवाफ दिने क्रममा उनले केही यस्ता प्रश्नको जवाफ दिनुपरेको छ, जुन उनका लागि नै अनपेक्षित थियो ।

एक दर्शकले उनलाई सोधे–‘के तपाईले निश्चलसँग पैसाका लागि बिहे गर्नुभएको हो ? किन अहिलेसम्म तपाईहरुले बच्चाको बिषयमा नसोच्नुभएको ?

यो प्रश्नको जवाफ दिने क्रममा नायिका स्वस्तिमा खड्काले लेखेकी छिन्–‘के पैसा कमाउन सजिलो छ र ? हामी किन मिहिनेतका साथ काम गरिरहेका छौ ? सजिलो जवाफ छ कि, कोहीसँग बिहे गर अनी पैसा कमाउ । बच्चाको बिषयमा अहिले कुनै आइडिया छैन ।’

यस्तै, केही मानिसहरुले गर्ने आलोचनाको बिषयमा के भन्नुहुन्छ भन्ने प्रश्नमा स्वस्तिमा भन्छिन्–‘घृणा कुनै पनि मानिसको नकारात्मक भावना, डर र असुरक्षा व्यक्त गर्ने माध्यम हो ।’

तपाई आफ्नो व्यक्तिगत र व्यवसायिक जीवन कसरी मिलाएर अगाडि बढाउनुहुन्छ ? भन्ने एक पश्नमा स्वस्तिमाले जवाफ दिँदै लेखेकी छिन्– ‘तपाई इमान्दार बन्नुहोस् । यी दुबै जीवन एकसाथ अगाडि बढ्छन् ।’

नायिका स्वस्तिमा खड्काले एक अंगेजी चलचित्रमा काम गर्न लागेको खबर सार्वजनिक भइरहेको छ । यो बिषयमा स्वस्तिमा भन्छिन्–‘अहिले नै म यो बिषयमा केही भन्न चाहन्न । तर, सबै कुरा ठिक भयो भने यो काम पक्कै हुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?