Comments Add Comment

एक लाख घुससहित वन अधिकृत पक्राउ

२८ वैशाख, काठमाडौं । डिभिजन वन कार्यालय नुवाकोटका प्रमुख डिभिजन वन अधिकृत जयमंगल प्रसाद एक लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् ।

खानीसम्बन्धी काममा अवरोध सिर्जना गरी सेवाग्राहीसँग उक्त रकम घुस लिइसकेको अवस्थामा उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको हो ।

सेवाग्राहीसँग घुस मागेको सूचनाको आधारमा टङ्गालबाट खटिएको आयोगको टोलीले उनलाई बिदुर नगरपालिका–२ स्थित वन कार्यालय परिसरमा रहेको निवासबाट शनिबार नियन्त्रणमा लिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

जयमगंगल प्रसादलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment