Comments Add Comment

लकडाउनपछि कलाकार: कोही व्यस्त, कोही कामविहिन

धेरै नेपाली चलचित्रका मेकर लकडाउन खुल्ने समय कुरिरहेका छन् । सरकारले लकडाउन खोलेर परिस्थिती सहज बनेपछि केही चलचित्रको छायांकन तत्काल सुरु हुनेछ ।

लकडाउन खुलेसँगै केही कलाकार व्यस्त हुनेछन् भने धेरै कलाकारका लागि नयाँ कामको प्रतिक्षा गर्नुपर्ने हुन्छ ।

यसैपनि, यो बर्ष चलचित्र निर्माणको संख्या निकै कम हुने भएकाले धेरै चलचित्रकर्मी खाली हात बस्नुपर्ने हुन सक्छ ।

लकडाउन खुलेसँगै छायांकन रोकिएका चलचित्रहरु ‘ए मेरो हजुर ४, २ नम्बरी, परदेशी २’ लगायतको छायांकन सुरु हुनेछ । नायक अनमोल केसी, पल शाह, दयाहाङ राई लगायतका नायक व्यस्त हुनेछन् । नायिकाहरु सुहाना थापा, वर्षा सिवाकोटी, वर्षा राउत, केकी अधिकारी लगायतका नायिकाको व्यस्तता बढ्नेछ ।

यस्तै, चलचित्र ‘बेञ्जो, नाई नभन्नु ल ६’ लगायतका चलचित्रको छायांकन सुरु गर्ने तयारी निर्माणपक्षको छ । नायिका अदिती वुढाथोकी चलचित्र ‘बेञ्जो’मा काम गर्ने पर्खाइमा छिन् ।

गतबर्ष नै घोषणा गरिएका धेरै चलचित्रको छायांकन यो बर्ष सुरु नहुने पक्का छ । नायिका पूजा शर्मा, नायक प्रदीप खड्का, नायिका स्वस्तिमा खड्का लगायतका कलाकार चलचित्र रिलिजका लागि प्रचारमा व्यस्त हुनेछन् ।

चलचित्रकर्मीहरु चलचित्र क्षेत्रको अवस्था सुध्रिन करिब २ बर्ष समय लाग्ने आँकलन गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment