+
+
Shares

स्वदेश फर्किन चाहने नेपालीहरुलाई रोक्नुहुन्न : अधिकारी

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख २९ गते १९:२५

२९ वैशाख, काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस राष्ट्रिय सभाका संसदीय दलका नेता राधेश्याम अधिकारीले कोरोना भाइरस (कोभिड–१९) लागेको भएपनि स्वदेश फर्किन चाहने नेपालीहरुलाई रोक्न नहुने बताएका छन् ।

सरकारले जहाँ छ, त्यहीँ रहन आग्रह गर्दै आएको बेला अधिकारीले भने त्यसो गरे विदेशमा रहेका नेपालीहरुमा राष्ट्रियताप्रतिको धारणा बदलिन सक्ने बताए । ‘चाहेपनि नचाहेपनि खुला सीमा भएका कारण आइपुग्छन् । तिनलाई गोली र लाठी हान्ने कुरा आएन’ सोमबार राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिमा उनले भने, ‘कोरोना नै ल्याए भने पनि हामीले सहनुपर्छ किनभने उनीहरु हाम्रा नेपाली हुन् ।’

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीकाअनुसार अनुसार नेपाल फर्किन चाहने नेपालीको संख्या भारत मात्र २ लाख ५० हजार छ । अरु देशबाट पनि फर्किन चाहने नेपालीहरु रहेको भन्दै उनले कसरी नेपाल ल्याएर व्यवस्थपन गर्न सकिन्छ भनेर अध्ययन भइरहेको बताए । तत्कालै नेपाल ल्याउन भने क्षमता नरहेको बताए ।

प्रतिप्रश्न गर्दै सांसद अधिकारीले सरकार क्षमता छैन भनेर दायित्वबाट पन्छिन नहुने बताए ।

परराष्ट्रमन्त्री ज्ञवालीले भने सरकार क्षमता विस्तारमा लागिरहेको बताए । ‘अहिले ३५ हजार जतिको व्यवस्थापन गर्ने हाम्रो क्षमता छ । यसलाई बढाउनुपर्छ । हामी यसमा लागेका छौं’ ज्ञवालीको जवाफ छ ।

भारतले रेल वे सञ्चालन गर्यो भने ?

भारतले रेल्वे सेवा सञ्चालनको तयारी गरिरहेको छ । त्यसपछि भारतमा रहेका धेरै नेपालीहरु सीमामा आइपुग्ने भएकाले तिनलाई सहज रुपमा ल्याउने गरी व्यवस्थापन तत्काल गर्नुपर्ने सांसद अधिकारीले बताए ।

परराष्ट्रमन्त्री ज्ञवालीले पनि भारतले भारतले रेल्वे सञ्चालन गर्दा नेपाललाई समस्या पर्ने आफूलाई पनि लागेको बताए । ‘रेल वे सञ्चालन भयो भने हाम्रा सामू ठूलो संख्यामा नेपालीहरु आउने समस्या हुन्छ । त्यसलाई कसरी व्यवस्थापन गछौं भन्ने गम्भीर चुनौती हाम्रा सामू छ’ मन्त्री ज्ञवालीले भने, ‘त्यहि भएर सकेसम्म रहेकै ठाउँमा आवश्यक सुरक्षा पुर्याउनका लागि भारतको संघीय सरकार, राज्य सरकारहरुसँग अधिकतम समन्वय गर्ने कोसिस भइरहेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?