+
+
Shares

सप्तरीमा कोरोना संक्रमित युवकको गाउँ सिल

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख २९ गते १८:३६

२९ वैशाख, सप्तरी । सप्तरीमा कोरोना संक्रमित युवकको गाउँलाई सिल गरिएको छ ।

सोमबार साँझ बसेको जिल्ला सुरक्षा समितिको बैठकले डाक्नेश्वरी नगरपालिका वडा नम्बर ३ को हटैल टोललाई सिल गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय सप्तरीका प्रवक्ता आनन्द ठाकुरले जानकारी दिए ।

लकडाउनको समयमा गत वैशाख ९ गते घर आएका युवकमा सोमबार कोरोना संक्रमण देखापरेको छ । चितवनबाट आएलगत्तै डाक्नेश्वरी नगरपालिकाको वडा नम्बर ३ स्थित कन्तचन्द्र माविको क्वारेन्टाइनमा राखिएको थियो । उनको वैशाख २५ गते स्वाब संकलन गरिएपछि रिपोर्ट नपर्खिदै २८ गते घर पठाइएको थियो ।

संक्रमित युवालाई राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको आइसोलेसनमा भर्ना गर्ने निर्णय पनि गरिएको छ ।

उनका परिवारसहित उनका सम्पर्कमा आएका सबै व्यक्तिको कोरोना परीक्षण गरिने प्रवक्ता ठाकुरले बताए ।

उनीसँगै क्वारेन्टाइनमा रहेका अन्य व्यक्ति, उनका परिवारजनसहित उनीसँग सम्पर्कमा आएका अन्य सबै व्यक्तिको स्वाब परीक्षण गरिने उनको भनाइ छ । ‘सबैको स्वाब परीक्षण नगरुन्जेलसम्मका लागि उक्त टोललाई सिल गरिएको छ’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?