+
+
Shares

लत्रिएको तारबाट करेन्ट लागेर धादिङमा १ जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख ३० गते १७:४०

३० वैशाख, धादिङ । जिल्लाको बेनीघाट रोराङ गाउँपालिका–१०, जयपुरीमा लत्रिएको तार छुँदा करेन्ट लागेर एक युवतीको मृत्यु भएको छ । घरबाट मकै गोड्न बारीमा पुग्दा विद्युत्को तार लत्रिएका ठाउँमा करेन्ट लागेर १६ वर्षीया विपना चेपाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानाकारी दिइन् ।

गाउँमा लगिएको विद्युत्को नाङ्गो तार मकै बारीमा लत्रिएको र चेपाङले भुलवश तार छुँदा मृत्यु भएको वडाध्यक्ष अम्मरबहादुर गुरुङले जानकारी दिए । करेन्टबाट घाइते चेपाङलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र गजुरी ल्याइएको थियो ।

विद्युुत् मर्मत गर्न जाने योजना गर्दैगर्दा घटना भएकाले नेपाल विद्युत् प्राधिकरणले मृतक परिवारलाई क्षतिपूर्ति तिर्ने प्राधिकरण धादिङका ध्रुव भण्डारीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?