Comments Add Comment

स्पेनमा कोरोनाका नयाँ संक्रमितको संख्या २ महिनायताकै कम

३० वैशाख, काठमाडौं । स्पेनमा कोरोना भाइरस (कोभिड–१९) बाट एकैदिन संक्रमित हुनेको संख्या दुई महिनायताकै कम देखिएको छ ।

स्पेनको स्वास्थ्य मन्त्रालयले मंगलबार दिएको जानकारी अनुसार, पछिल्लो २४ घण्टामा स्पेनमा पाँच सय ९४ नयाँ संक्रमित फेला परेका हुन् । यससँगै स्पेनमा समग्र कोरोना भाइरसका संक्रमितको संख्या दुई लाख २८ हजार ३० पुगेको छ ।

त्यस्तै, पछिल्लो २४ घण्टामा स्पेनमा एक सय ७६ जनाको कोरोना भाइरसको कारण मृत्यु भएको छ । यससँगै स्पेनमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २६ हजार नौ सय २० पुगेको छ । जोन्स हप्किन्स युनिभर्सिटीका अनुसार अहिलेसम्म स्पेनमा एक लाख ३७ हजारभन्दा धेरै संक्रमित निको भएर घर फर्किसकेका छन् ।

यसैबीच स्पेनले मे १५ देखि अन्य मुलुकबाट आउने पर्यटकलाई दुई साता क्वारेन्टाइनमा राख्ने निर्णय गरेको छ । बाहिरबाट आउने मानिसहरुलाई किराना सामग्री खरिद गर्न घरभन्दा बाहिर जाने अनुमति हुन्छ ।

स्रोत : अलजजिरा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment