Comments Add Comment

इनडोर गार्डेनिङ : गमलामा तरकारी रोप्ने सही तरिका

फुर्सदको यो क्षणमा घरभित्रै सागसब्जी रोप्न एवं उत्पादन किन नगर्ने ? अहिले मौसम पनि अनुकुल छ । यही सिजनमा धेरै किसिमका तरकारी रोप्न र उत्पादन गर्न सकिन्छ । भोलिका दिनमा आफैले उत्पादन गरेको जैविक तरकारी खान पाइन्छ । साथसाथै घर परिवारले पनि नयाँ ढंगले काम गर्न सिक्छन् । बालबच्चा वा घरका सदस्यहरुले फुर्सदको सही सदुपयोग पनि गर्न पाउँछन् । त्यसो भए किन नरोप्ने तरकारी ?

तरकारी रोप्नका लागि जग्गा जमिन नै चाहिन्छ भन्ने छैन । सानो करेसाबारी भए पुग्छ । करेसाबारी छैन भने पनि आफु बसेको घरमा छत, बार्दलीमा लगाउन सकिन्छ । छतमै खेती गरेर आफ्नो भान्साका लागि पुग्दो सागसब्जी उत्पादन गर्नेहरु प्रशस्तै छन् । उनीहरुबाट पनि धेरै कुरा सिक्न र बुझ्न सकिन्छ ।

स–सना गमला, बोरा, थोत्रो बाल्टिन आदिमा माटो भरेर धनिया, खुर्सानी, पुदिना, गोलभेडा, प्याज, लसुन, साग आदि मनग्ये उत्पादन गर्न सकिन्छ ।

जान्नुपर्ने कुरा

गमलामा माटो भर्नुअघि कस्तो माटो भर्ने ? मलको सन्तुलन कसरी मिलाउने भन्ने कुराको हेक्का राख्नुपर्छ ।

किनभने माटो र मलखादको सही अनुपात भएमा मात्र गमलामा तरकारी उत्पादन गर्न सकिन्छ । हुन त हरेक सागसब्जी एवं बोट बिरुवा अनुसार मलको मात्रा र  आवश्यक्ता फरक फरक हुनसक्छ । सामान्यतय निम्न तरिकाले मल र माटोको अनुपात मिलाउन सकिन्छ ।

–गोबर वा गाईबस्तुको मल एक भाग । आलो मल भने प्रयोग गर्नु उचित हुँदैन । लामो समय राखेपछि मल राम्ररी गलेको हुन्छ, सोही मल उपयोगी हुन्छ ।

–बालुवा एक भाग

–पुरानो माटो एक भाग

–पातपतिङ्गार एक भाग

–अन्डाको राख्नुभएको छ भने त्यसलाई मसिनो धुलो बनाएर मिसाउन सकिन्छ ।

–संभव भएसम्म खरानी पनि मिसाउन सकिन्छ ।

गमलामा मल र माटो भरेपछि त्यसमाथि आवश्यक्ता र उपलब्ध भए अनुसारको तरकारी एवं विरुवा लगाउन सकिन्छ । यसरी तयार गरिएको गमलालाई केही दिन घामको सोझो किरण नगर्ने ओझेलमा राख्नु उपयुक्त हुन्छ । सुरुको दिनमा नियमित सिंचाइको जरुरत हुन्छ ।

अहिले रोप्न सकिने उपयोगी बोट-बिरुवा

अहिलेको सिजनमा कुनैपनि बोट बिरुवा सजिलै उमार्न वा सार्न सकिन्छ । घरमा सधैजसो उपयोगमा आउने बोटबिरुवा छनोट गरेर रोप्न सकिन्छ । जस्तो यतिबेला पुदिना रोप्न सकिन्छ । पुदिना अचार खानदेखि जुस वा अरु धेरै कुरामा उपयोगी हुन्छ । यसमा औषधिय गुण हुन्छ । खासगरी पाचन क्रियाका लागि पुदिना अति उपयोगी मानिन्छ ।

गमलामा सजिलै उमार्न सकिन्छ, घिउकुमारी पनि । घिउकुमारी पनि औषधिय गुणले भरिपूर्ण हुन्छ । बाहिरी घाउ निको बनाउनदेखि पेटको समस्यामा समेत घिउकुमारी सेवन गर्न सकिन्छ । त्यसो त प्राकृतिक सौन्दर्य प्रशासनको रुपमा पनि घिउकुमारी उपयोगी हुन्छ ।

धनिया त हाम्रो भान्सामा नभई नहुने कुरा हो । चाहे दाल–तरकारीमा मिसाउन होस् वा अचार बनाउन, धनिया उपयोगी हुन्छ । धनिया पनि गमलामा सजिलै उमार्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment