+
+
Shares

गरिमाले सम्झिइन् अवार्ड पाउँदाको क्षण

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ १ गते १३:०५

कलाकार जहाँ भएपनि उसलाई आफूले गरेको कामको याद सधै आउँछ । अझ, चलचित्र क्षेत्र त एउटा नशा न हो । चलचित्र क्षेत्रलाई माया मारेपनि आफूले गरेको कामलाई माया मार्न सकिँदैन ।

नायिका गरिमा पन्तको हकमा पनि यस्तै भएको छ । वेल्जियममा बिहे गरेर बसेकी गरिमा पन्तलाई आफूले पाएको विभिन्न अवार्डको याद आएको छ। गरिमाले, चलचित्र करिअरमा सबैभन्दा धेरै अवार्ड चलचित्र ‘झोला’बाट प्राप्त गरेकी थिइन् । उनले, ‘राष्ट्रिय चलचित्र पुरस्कार’ सहित विभिन्न अवार्डहरू यो चलचित्रबाट प्राप्त गरिन् ।

चलचित्र ‘झोला’मा काम गर्दा गरिमाको चर्चा निकै थियो । चलचित्र क्षेत्रमा एक दशकभन्दा बढी समय बिताउँदा पनि गरिमाले त्यति चर्चा पाइनन् होला । जति उनले चलचित्र ‘झोला’बाट पाएकी थिइन्।

अवार्डका तस्वीरहरु शेयर गर्दै गरिमाले लेखेकी छिन्–‘जब मनमा बितेका संझना जाग्छ, केही मिठा पलहरु खास लाग्छन् ।केही मीठा पलहरू खास लाग्छन् ।’ गरिमाले अवार्ड पाउँदाको क्षणलाई खास पल भनेको बुझ्न सकिन्छ ।

गरिमाको करिअरमा अब यस्तो अवसर आउला नआउला भन्न सकिँदैन ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?