+
+
Shares

वीरगञ्ज-काठमाडौं र रसुवागढी-काठमाडौं रेलमार्गको निर्माण थाल्ने घोषणा

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ २ गते १८:१२

२ जेठ, काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा वीरगञ्ज-काठमाडौं र रसुवागढी-काठमाडौं रेलमार्ग निर्माणको प्रारम्भिक काम सुरु गर्ने घोषणा गरेको छ ।

शुक्रबार सरकारको तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७७/७८को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रारम्भिक अध्ययन प्रतिवेदन प्राप्त भइसकेकोले अब निर्माणको प्रारम्भिक काम सुरु गर्ने बताएकी हुन् ।

नीति तथा कार्यक्रममा पूर्वापश्चिम रेलमार्गको काँकडभिट्टा-ईनरुवा-खण्डको निर्माणको पनि काम प्रारम्भ गर्ने उल्लेख छ । पूर्व-पश्चिम रेलमार्गको एउटा बाहेक सबै खण्डको विस्तृत परियोजना प्रतिवेदन तयार भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?