+
+
WC Series
जनकपुर बोल्ट्स 2025
130/9 (20)
VS
Pokhara Avengers won by 25 runs
Won पोखरा एभेन्जर्स 2025
155/6 (20)
Shares

कोरोना संक्रमित भागे गोली हान्ने निर्णयबाट पछि हट्यो पर्सा प्रशासन

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ २ गते २१:३३

२ जेठ, काठमाडौं । कोरोना संक्रमित व्यक्ति भागे प्रहरीले गोली चलाउने निर्णयबाट जिल्ला प्रशासन कार्यालय, पर्सा पछि हटेको छ ।

पर्साका प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीको अध्यक्षतामा शुक्रबार बिहान बसेको संकट व्यवस्था समिति बैठकले  कोरोना संक्रमित भागे प्रहरीले गोली चलाउन सक्ने निर्णय गरेकाे थियाे । प्रशासनकाे निर्णयकाे मानव अधिकारवादी संस्थाबाट विरोध भएपछि केही घन्टामै संशोधन गरिएको हो ।

पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले अनलाइनखबरसँग भने, ‘एकैपटक गोली चलाउने भन्दा सर्वसाधारणमा अर्को अर्थ लाग्यो, त्यसैले हामीले स्थानीय प्रशासन ऐन अनुसार कारबाही गर्ने भनेका छौं ।’

स्रोतका अनुसार पर्सा प्रशासनको निर्णयलाई लिएर मानवअधिकारकर्मीहरुले पनि आपत्ति जनाएका थिए । त्यसैले प्रशासनले निर्णय सच्याएको हो । पर्साका एक अधिकारीले भने, ‘जे भए पनि हामीले यो जनताकै लागि गरेको निर्णय थियो ।’

संशोधित निर्णय अनुसार आवश्यकता अनुसार बल प्रयोग गर्ने मात्र भनिएको छ । बिहीबार नारायणी अञ्चल अस्पतालको आइसोलेसन वार्डमा भर्ना भएका दुई जना संक्रमित फरार भएका थिए । त्यसपछि प्रशासनले गोली चलाउने निर्णय गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?