Comments Add Comment

नीति तथा कार्यक्रममाथिको छलफल छोटो बनाउने निर्णय

३ जेठ, काठमाडौं । शुक्रबार संघीय संसदमा प्रस्तुत सरकारको नीति तथा कार्यक्रममाथिको छलफल छोट्याइने भएको छ ।

शनिबार बसेको प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिको बैठकले नीति तथा कार्यक्रममाथिको छलफल छोटो बनाउने निर्णय गरेको एक नेताले जानकारी दिए ।

संसद सचिवालयले दलीय आधारमा बोल्न दिने र सकेसम्म थोरै सदस्यको नाम दिन आग्रह गरिने जनाएको छ । प्रि-बजेट छलफलमा बोल्न नपाएको भन्दै केही सांसदले असन्तुष्टि समेत जनाएका थिए ।

संसद सचिवालयका अनुसार नीति तथा कार्यक्रममाथि यही जेठ ४ र ५ गते दुई दिन छलफल हुनेछ ।

सम्पूर्ण सुरक्षा सतर्कता अपनाएर बैठक सञ्चालन गर्ने, सांसदहरूलाई पहिले आफू बसेको सिट परिवर्तन नगर्न अनुरोध गर्ने, छलफल छोटो बनाउने, छलफलका क्रममा उठेका प्रश्नको जवाफ प्रधानमन्त्रीले जेठ ६ गते दिने निर्णय भएको सचिवालयले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment