Comments Add Comment

नेपाली सेनाका दुई जनामा देखियो कोरोना भाइरस

३ जेठ, काठमाडौं । नेपाली सेनाका कर्मचारीमा पनि पहिलो पटक कोरोना संक्रमण भेटिएको छ ।

शनिबार स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको काभ्रे घर भइ महोत्तरीमा कार्यरत २६ वर्षीय र महोत्तरीका ५२ वर्षीय पुरुष सैनिक भएको खुलेको हो ।

सैनिक प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेले दुवै जना नेपाली सेनामा कार्यरत रहेको पुष्टि गरे । उनले भने, ‘संक्रमित दुवै जना मध्यपूर्वी पृतना, महोत्तरीमा कार्यरत थिए । उनीहरु कहाँ कहाँ गएका थिए भन्ने विषय खोजी गर्ने कार्य भइरहेको छ ।’

यसअघि काठमाडौंमा दुई जना सशस्त्र प्रहरी जवानमा कोरोना भाइरसको संक्रमण देखिएको थियो । कपिलवस्तुमा पनि नेपाल प्रहरीका सई र हवल्दारसहित सशस्त्र प्रहरीका सई र अर्का एक जना राष्ट्रिय अनुसन्धान विभागका असई कोरोना भाइरसबाट संक्रमित भएका थिए ।

जिल्ला प्रहरी कार्यालय, बारामा कार्यरत एक प्रहरी जवानमा पनि कोरोना भाइरसको संक्रमण देखिएको छ । हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या २७८ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment