 
																						विदेह नगरपालिका कार्यालयको तस्वीर ।								
											३ जेठ, जनकपुरधाम । लकडाउनको समयमा पनि धनुषाको विदेह नगरपालिकाका मेयरले ठूलो जमघटका बीच औपचारिक कार्यक्रममा सहभागी भएका छन् ।
मेयर बेचन दासले नगरपालिकाको वडा नं १ को झिझा टोलमा रहेको सामुदायिक भवनमा आयोजित कार्यक्रममा रिबन काटेर आधारभूत स्वास्थ्य चौकी उद्घाटन गरेका हुन् ।
उनले रिबन काटिरहँदा वरिपरि भिड जम्मा भएको थियो । जहाँ केही व्यक्तिले मात्र मास्क लगाएका छन् । मेयर दासले भने भिड नगरिएको दावी गरे । ‘धेरै मान्छे कहाँ छ र मेरै नगरपालिकाका कर्मचारी र स्वास्थ्यकर्मी छन्’ उनले भने ।
तर कार्यक्रममा भिड भएको उनैले स्वीकार गरे । भिड भएपछि दूरी कायम गराउन १६ जना प्रहरी बोलाएको बताए । यसअघि शुक्रबार धनुषाकै शहीद नगरपालिका–८ का विद्यालयले बालबालिकाको भेला गरी पाठ्यपुस्तक वितरण गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4