+
+
Shares

इटालीद्वारा यात्रा प्रतिबन्ध हटाउने घोषणा, सिनेमा घर र उद्योग पनि खुल्ने

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ ४ गते ६:४७

४ जेठ, काठमाडौं । इटाली सरकारले यात्रा प्रतिबन्ध हटाउने घोषणा गरेको छ । लकडाउन खुकुलो बनाएको इटाली सरकारले अब ३ जुनदेखि यात्रा प्रतिबन्ध हटाउने घोषणा गरेको हो ।

यसका साथै १५ जुनदेखि सिनेमा घरहरू तथा २५ मेदेखि स्विमिङ पुल र स्पोर्टस सेन्टर पनि खोलिने छ । यस्तै ४ मेदेखि उद्योगहरू खोल्ने अनुमति दिइएको छ ।

इटालीका प्रधानमन्त्री जुजेप्पे कोन्टेले सम्भावित खतराको आकलन गरेरै यी निर्णयहरू लिइएको बताएका छन् । कोरोना संक्रमणबाट नराम्रोसँग प्रभावित इटालीलाई आर्थिक संकटबाट उकास्ने दृष्टिले यी निर्णयहरू लिइएको उनले बताए ।

यात्रा प्रतिबन्ध हटे पनि युरोपियन युनियनका देशहरूबाट इटाली आउने नागरिकहरूले अनिवार्य दुई हप्ता क्वारेन्टाइनमा राखिने प्रधानमन्त्री कोन्टेले बताए।

जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार इटालीमा कोरोना संक्रमणबाट ३१ हजार सात सय ६३ जनाको ज्यान गइसकेको छ । दुई लाख २४ हजार सात सय ६० जना संक्रमित छन् । इटाली कोरोनाबाट सबैभन्दा धेरै प्रभावित देशहरूको सूचीमा पर्छ ।

कोरोना संक्रमण रोकथाम गर्ने उद्देश्यले इटालीले फेब्रुअरी महिनामा लकडाउन घोषणा गरेको थियो । लकडाउन गर्ने इटाली युरोपको पहिलो देश हो ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?