५ जेठ, काठमाडौं । प्रहरी प्रधान कार्यालयले ६० जना प्रहरी निरीक्षक (इन्सपेक्टर)लाई प्रहरी नायब उपरीक्षक (डीएसपी)मा बढुवा सिफारिस गरेको छ ।
जनपद प्रहरी समूहतर्फका इन्सपेक्टरलाई सोही समूहतर्फको डीएसपीमा बढुवाका लागि सिफारिस गरिएको प्रहरी प्रधान कार्यालय नक्सालले जनाएको छ ।
बढुवाको पहिलो नम्बरमा सुर्खेतस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय दरबन्दी भएका पृथ्वीनारायण ओली छन् ।
यसैगरी इलाका प्रहरी कार्यालय चापाकोट स्याङजाका केदार राज पन्त, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालयका जयराम कुईंकेल क्रमशः दोस्रो र तेस्रो नम्बरमा बढुवा सिफारिसमा परेका छन् ।
हेर्नुहोस् सूची
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                    
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4