Comments Add Comment

भारतमा लकडाउनकाबीच पनि मैदान खोल्न अनुमति, दर्शक प्रवेशमा रोक

५ जेठ काठमाडौं । भारतमा चौथो चरणको लागि लकडाउन अवधि लम्ब्याए पनि खेल मैदान खुल्ला गरे अनुमति दिएको छ । भारतको केन्द्र सरकारले आइतबार कोरोनाभाइरसका रोकथाम तथा नियन्त्रणका लागि ३१ मेसम्मको लागि लकडाउन अवधि बढाएको छ ।

गृहमन्त्रालये सार्वजनिक गरेको पछिल्लो लकडाउनको मोडालिटीमा केही फरक छ । सार्वजनिक निर्देशिका अनुसार स्पोर्ट्स कम्प्लेक्स खेल मैदानहरु खोल्न अनुमति प्रदान गरिएको हो ।

तर मैदान खोल्दा दर्शकहरुलाई प्रवेशमा भने रोक लगाएको छ ।

‘स्पोर्ट्स कम्प्लेक्स र खेल मैदान खोल्नका लागि अनुमति दिएको छ । तर दर्शकलाई भने अनुमति छैन ।’

नयाँ नियम सार्वजनिक भएपछि भारतमा खेलकुद क्षेत्रमा ठूलो राहत महसुस गरेको छ ।

यसअघि तय भएका ठूला खेलकुद टुर्नामेन्टहरु कोरोनाभाइरसका कारण कोही रद्द भएका छन् भने कोही स्थगित भएका छन् ।

अहिले इन्डियन प्रिमियर लिग आईपीएल लगायत ठूला खेलकुद प्रतियोगिता आयोजना गर्ने विषयलाई लिएर छलफल सुरु भएको छ ।

२९ मार्चदेखि तय भएको आएपीएल कोरोना भाइरसकै कारण अनिश्चित कालका लागि स्थगित भएको छ ।

बीसीसीआईले पनि आईपीएल आयोजना गर्नेबारे विचार गर्न थालेको इन्डिया टुडेले जनाएको छ ।

आईपीएल बाहेक फुटबल ब्याडमिन्टन टेनिसलगायत स्थगित भएका खेलहरु पनि नयाँ नियमपछि खेल आयोजना गर्न सकिनेमा आशावादी बनेका छन् ।
केही दिनअघि बीसीसीआई अध्यक्ष सौरभ गांगुलीले आईपीएल नभए ४ सय करोड घाटा लाग्ने बताएका थिए ।

आइतबार भारतीय ओलम्पिक एशोसिएसन आईओएले खेलकुद मन्त्रालयलाई २ सय करोड आर्थिक सहयोग प्रदान गर्न आग्रह गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment