Comments Add Comment

ला लिगाको सामूहिक प्रशिक्षण आजदेखि

५ जेठ काठमाडौं  । ला लिगा क्लबहरुले सोमबारदेखि सामूहिक प्रशिक्षण गर्ने भएका छन् । स्पानिस ला लिगा आगामी जुनदेखि फेरि सुरु गर्ने तयारी भइरहेको छ ।

यसअघि ला लिगामा व्यक्तिगत रुपमा प्रशिक्षण सुरु हुँदा खेलाडीको कोरोनाभाइरस परीक्षण गरिएको थियो । जसमा स्पेनको शीर्ष दुई डिभिजनका ५ खेलाडीमा कोरोना पोजिटिभ देखिएको थियो ।

सोमबारदेखि सुरु हुने सामूहिक प्रशिक्षणमा १० खेलाडीसम्मले सँगै प्रशिक्षण गर्न पाउने बीबीसीले जनाएको छ ।

स्पेनमा पुन: फुटबल खेलाउनका लागि हिले विभिन्न चरणमा प्रशिक्षणहरु भइरहेको छ ।

तेस्रो चरणमा पूर्ण प्रशिक्षण हुनेछ । ला लिगा १२ जुनदेखि क्लोज डोरमा गर्ने तयारी भइरहेको छ ।

दोस्रो चरणको सामूहिक प्रशिक्षणमा खेलाडीको संख्या ८ हुने जनाइएको थियो तर पछि २ जना थप गरिएको बीबीसीले जनाएको छ ।

कोरोना भाइरस महामारीकै बीच जर्मन बुण्डेसलिगा शनिबारदेखि सुरु भइसकेको छ । यस्तै ट्रेनिङ सुरु गर्ने मिति तय गर्न प्रिमियर लिग क्लबको मिटिङ सोमबारै बस्दैछ ।

इटलीको सिरी ए जुन दोस्रो सातादेखि फेरि सुरु गर्ने तयारी भइरहेको छ । युरोपको शीर्ष पाँच मध्ये एक फ्रेन्च लिग वान भने रद्द भइसकेको छ पेरिस सेन्ट जर्मेनलाई च्याम्पियन घोषणा गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment