Comments Add Comment

मजदुर ल्याउन हजार बस पठाउने प्रियंकाको प्रस्ताव आदित्यनाथद्वारा स्वीकार

५ जेठ, काठमाडौं । भारतीय कांग्रेस पार्टीकी नेतृ प्रियंका गान्धीले मजदुर फर्काउन गरेको प्रस्ताव त्यहाँको उत्तर प्रदेश सरकारले स्वीकारेको छ ।

गान्धीले उत्तर प्रदेशमा अलपत्रहरू फर्काउन एक हजार बस पठाउने प्रस्ताव गरेकी थिइन् । उत्तर प्रदेशको आदित्यनाथ योगी नेतृत्वको सरकारले त्यसलाई स्वीकार गरेको हो ।

उत्तर प्रदेशका मुख्य सचिव अवनिश अवस्थीले प्रियंकालाई लेखेको पत्रमा बसको सूची पठाउन आग्रह गरिएको छ । अवस्थीले लेखेको पत्रमा भनिएको छ – ‘प्रियंका गान्धीको प्रस्ताव स्वीकार गरिन्छ । त्यसैले तत्कालै एक हजार बसको सूची चालक÷परिचालकको नाम वा अन्य विवरणसहित उपलब्ध गराउने कष्ट गर्नुहोस् ।’

भारतमा कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणका लागि करिब दुई महिनादेखि जारी लकडाउनको कारण विभिन्न राज्यमा उल्लेख्य संख्यामा मजदुरहरु फसेका छन् । यसैबीच विभिन्न माध्यमबाट भारतीय राज्यहरुले आफ्ना मजदुरहरुलाई फर्काइरहेका छन् ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment