+
+
Shares

सिसडोलबासीको कोरोना परीक्षण हुने, फोहोर विसर्जनको अवरोध हट्यो

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ ५ गते १८:१४

५ जेठ, काठमाडौं । काठमाडौं उपत्यकाको फोहोर विसर्जनको अवरोध तत्कालका लागि हटेको छ । ककनी गाउँपालिकाले एम्बुलेन्स बाहेकका सवारी आवत–जावतमा रोक लगाएको विज्ञप्ति जारी गरेर त्यसैको बाहनामा सिसडोलमा फोहोर विसर्जनमा समेत अवरोध गरेको थियो ।

त्यससँगै फोहोर व्यवस्थापनमा समस्या देखिएको थियो । काठमाडौँ महानगरपालिकाका प्रमुख बिद्यासुन्दर शाक्यको नेतृत्वमा ककनी गाउँपालिका जनप्रतिनिधिसहित बसेको बैठकले तत्कालका लागि यो समस्या समाधान गर्ने सहमति गरेको छ ।

‘उपत्यकाको फोहोर विसर्जनको अवरोध तत्कालका लागि हटेको छ,’ काठमाडौँ महानगरपालिकाका प्रमुख बिद्यासुन्दर शाक्यले भने, ‘ककनी गाउँपालिकाका जनप्रतिनिधि र स्थानीयको माग अनुसार सिसडोलवासीमा कोरोना संक्रमण भए/नभएको पुष्टिका लागि काठमाडौँ महानगरपालिकाको नेतृत्व र स्वास्थ्य विभागको सहयोगमा परीक्षण गर्ने सहमति भएको छ ।’

प्रमुख शाक्यले भोलि नै स्वास्थ्य विभागको टोलीसहित सिसडोल पुगेर आरडीटी र पीसीआर बिधिबाट कोरोना भाइरस परीक्षण गरिने जानकारी दिए । ‘उहाँहरुको माग पूरा भएको छ ।उपत्यकाको फोहोरा छोपेर सिसडोल लैजाने सहमति भयो,’ उनले भने, ‘सहमतिअनुसार बेलुका आठ बजेदेखि विहान ६ बजेसम्म फोहोर विसर्जन गरिसक्नु पर्ने भन्ने छ ।’

ककनी गाउँपालिकाका प्रमुख मानबहादुर लामाले सिसडोलबासीले कोरोना संक्रमणको डर बढिरहेका बेला स्वास्थ्य परीक्षणको माग गरेको र त्यो माग पूरा भएकाले नियमित फाहोर विसर्जन हुने जानकारी दिए ।

‘छलफल सकारात्मक भयो । हाम्रो ठूलो माग नै थिएन । यहाँका स्थानीयको स्वास्थ्य परिक्षण हुनपर्छ भनेका थियौँ,’ अध्यक्ष लामाले भने, ‘काठमाडौँ महानगरपालिकाले हाम्रा माग पूरा गर्ने सहमति गरेसँगै फोहोर विसर्जनको समस्या पनि तत्कालका लागि समाधान भयो ।’

काठमाडौँ महानगरपालिका वातावरण विभाग प्रमुख हरि श्रेष्ठले पनि फोहोरो विसर्जनको समस्या तत्कालका लागि हटेको जानकारी दिए ।

फोहोर विसर्जनमा अवरोध भएसँगै काठमाडौँ जिल्लाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले माग सम्वोधनमा सकारात्मक रहेको भन्दै विभिन्न बाहनामा फोहोर विसर्जनमा अवरोध गरे बलप्रयोग गर्ने बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?