Comments Add Comment

दिवेश पोखरेल अमेरिकन आइडलको फाइनलमा

उपाधिका लागि भोटिङ जारी

५ जेठ, काठमाडौं । नेपाली युवक दिवेश पोखरेल (अर्थर गन) अमेरिकन आइडलको टप ५ मा प्रवेश गरेका छन् । टप ५ को घोषणासँगै उपाधिका लागि भोटिङ खुल्ला भएको छ ।

दिवेशले अब उपाधिका लागि फाइनल राउन्डको प्रतिस्पर्धा गर्नेछन् । फाइनल राउण्ड पनि सुरु भइसकेको छ । यसमा प्रत्येक प्रतियोगीले दुई–दुई वटा प्रस्तुति दिनेछन् ।

साथै एक घन्टासम्म भोटिङ खुल्ला राखिने छ । सबैभन्दा बढी भोट ल्याउने अमेरिकन आइडल घोषणा हुने छ ।

कोभिड–१९ को महामारीका कारण अमेरिकन आइडलको फाइनलमा सबैले आ–आफ्नो घरबाटै प्रस्तुति दिइरहेका छन् ।


टप ७ मा पुगेकामध्ये दिवेशसहित ४ जना विदेशी मूलका थिए । उमेरको हिसाबमा उनीहरु १९ देखि २६ वर्षसम्मका छन् । दिवेशसँगै डिल्लोन जेम्स, जस्ट साम, जोन्नी वेस्ट, फ्रान्सिस्को मार्टिन टप ५ मा पुगेका छन् ।

२२ वर्षीय दिवेशलाई उपाधिको दावेदारका रुपमा हेरिँदै आएको छ । काठमाडौंको रविभवनमा जन्मेका दिवेश उच्च अध्ययनका सिलसिलामा सन् २०१४ मा अमेरिका गएका हुन् । उनी क्याम्सस राज्यको विचिटामा आफ्नो परिवारसँग बस्छन् ।

यो पनि पढ्नुहोस अमेरिकन आइडलमा नेपाली आवाजको जादु यो पनि पढ्नुहोस दिवेश पोखरेलको भाग्यपरीक्षा : उपाधिको सम्भावना कति ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment