Comments Add Comment

पूर्व फुटबलर रन्जितको तेस्रो रिपोर्ट नेगेटिभ

५ जेठ काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) को संक्रमण भएका राष्ट्रिय फुटबल टिमका पूर्वखेलाडी रन्जित श्रेष्ठको पछिल्लो रिपोर्ट नेगेटिभ आएको छ । हाल वैदेशिक रोजगारीको सिलसिलामा युएईको दुबईमा रहेका उनको तेस्रो रिपोर्ट नेगेटिभ आएको हो ।

दुबईको एक होटलमा सेल्फ आइसोलेसनमा बसिरहेका रन्जितले आफ्नो पछिल्लो टेस्ट नेगेटिभ आएको अनलाइनखबरलाई बताए । ‘मेरो पछिल्लो टेस्ट नेगेटिभ आएको छ । मेरो टेस्ट गरेको दुबई हेल्ठ्ठ अथोरिटीले मलाई रिपोर्टबारे मेसेस पठाएको थियो ,’ ३२ वर्षीय रन्जतिले भने, ‘नेगेटिभ रिपोर्ट आएपछि आफूलाई खुशी लागेको छ ।’

उनले यो समयमा आफूलाई सम्झने सबैलाई आभार व्यक्त गरेका छन् । रन्जित काम गर्ने कम्पनी र दुबई हेल्थ अथोरिटीबीच टाई अफ भएकोले रन्जितको टेस्ट पनि दुबई हेल्थ अथोरिटीले नै गरेको छ ।

रन्जितले अब अर्को एक टेस्ट पनि हुने बताए । ‘अब अन्तिम एउटा टेस्ट हुन्छ । त्यो नेगेटिभ आएपछि म रुममा फर्कनेछु,’ रन्जितले भने ।

रन्जितले कोरोनाभाइरस लाग्दा आफूले धेरै कुरा सिकेको पनि बताए । उनले भने, ‘आफूले स्वास्थ्यलाई बलियो बनाउन खानेकुरामा ध्यान दिनुपर्छ । तातो पानी पिउनु पर्छ । मानिसहरु रोग लागेपछि मर्छु भन्ने डर हुँदो रहेछ भन्ने थाहा पाएँ ।’ यो समयले आफूलाई टाइमटेबल सिकाएको र अनुशासित बनाएको उनको भनाइ छ ।

एन्फा तेस्रो ब्याचका खेलाडी रन्जित सन् २००९ मा बंगलादेशमा भएको साफ च्याम्पियनसिप खेल्ने नेपाली टोलीमा रहेका थिए ।

यो पनि पढ्नुहोस राष्ट्रिय फुटबल टिमका पूर्वखेलाडी रन्जितलाई कोरोना संक्रमण

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment