२९ वैशाख, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका पूर्वसदस्य रन्जित श्रेष्ठलाई कोरोना संक्रमण भएको छ ।
वैदेशिक रोजगारीको सिलसिलामा हाल युएईको दुबईमा रहेका उनलाई कोरोना भाइरसको संक्रमण देखिएको हो ।
रन्जितले कुराकानी गर्दै आफूलाई कोरोना पोजेटिभ देखिएको बताए । कोरोनाको संक्रमण देखिए पनि स्वास्थ्य अवस्था सामान्य रहेको उनले जानकारी दिए ।
‘कोरोना पोजेटिभ देखिए पनि अवस्था सामान्य छ । आइसोलेसनमा बसिरहेको छु,’ सामाजिक सञ्जाल फेसबुकमा भिडियो पोष्ट गर्दै रन्जितले भनेका छन् ।
रन्जितले कोरोनासँग नआत्तिन सबैसँग आग्रह गरेका छन् ।
रन्जित सन् २००९ मा बंगलादेशमा भएको साफ च्याम्पियनसिपमा नेपाली टिममा थिए । घरेलु फुटबल फ्रेण्ड्स क्लबबाट खेलेको अनुभव पनि उनीसँग छ ।
प्रतिक्रिया 4