Comments Add Comment

पाल्पाका ४१ जनाको स्वाब संकलन

६ जेठ, पाल्पा । पछिल्लो समय कोरोना संक्रमित बढ्दै जाँदा यहाँ ४१ जनाको स्वाब परीक्षणका लागि नमुना संकलन गरिएको छ । तानसेनस्थित क्वारेन्टाइनमा भारतबाट फर्किएकासहित १५ तथा दोभानमा खटिएका सुरक्षा र स्वास्थ्यकर्मी २६ जनाको स्वाब संकलन गरिएको हो ।

भारतबाट आएका जिल्लावासी, क्वारेन्टाइनको सुरक्षामा रहेका सुरक्षाकर्मी, भान्से तथा र सम्पर्क खोजी सूचीमा परेका व्यक्तिको स्वाब संकलन गरी परीक्षणका लागि भैरहवा पठाइएको जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख विश्वनाथ न्यौपानेले बताए ।

प्रदेश ५ सरकारले एक सय ५० पीसीआर र ६ सय ४० आरडीटी किट उपलब्ध गराएको थियो । लुम्बिनी मेडिकल कलेज, पाल्पा अस्पताल र मिसन अस्पतालबाट दुई महिनाअघि २५ जनाको स्वाब परीक्षण गरिएको निमित्त प्रमुख न्यौपानेले बताए ।

अहिलेसम्म विभिन्न पालिकाका क्वारेन्टाइनमा बसेका २५८ जनाको आरडीटी गरिएकोमा रिपोर्ट नेगेटिभ आएको छ । जिल्लामा ७८ जना क्वारेन्टाइनमा बस्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment