
६, जेठ, चितवन । भरतपुर महानगरपालिकाले वडानम्बर ४ का वडासदस्य प्रेम पाठकको मृत्यु भएको शोकमा मंगलबार बिदा दिएको छ ।
महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेमराज जोशीले महानगरपालिकाका जनप्रतिनिधि पाठकको मृत्युमा शोक व्यक्त गर्दै एक दिन बिदा दिइएको बताए ।
महानगरपालिकाका २९ वटै वडा कार्यालय तथा अन्य शाखा महाशाखा सबै बन्द हुनेछन् । नेपाली कांग्रेसबाट निर्वाचित वडानम्बर ४ का जनप्रतिनिधि पाठकको उपचारको क्रममा सोमबार चितवन मेडिकल कलेजमा निधन भएको थियो ।
उनको जण्डिस बिग्रिएको अस्पतालले जनाएको छ । पाठकको सोमबार नै अन्त्येष्टि गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4