Comments Add Comment

पर्सामा आजदेखि इ-पास खारेज

६ जेठ, वीरगञ्ज । जिल्ला प्रशासन कायालय पर्साले लकडाउनमा प्रयोगमा ल्याइएको इ-पास मंगलबादेखि खारेज गरेको छ ।

सवारी पासका लागि नयाँ व्यवस्था लागू गर्दै यसअघि जारी भएका सबै पास खारेज गर्ने निर्णय भएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिए ।

सहायक प्रजिअ बस्नेतका अनुसार अत्यावश्यक अवस्थामा बाहेक कुनै पनि पास वितरण गरिने छैन । अत्यावश्यक कामका लागि सवारी पास आवश्यक परे कारणसहित इमेलमार्फत आवेदन दिन सकिने उनले बताए ।

यस्तै, बैंक तथा वित्तिय संस्थालाई बढीमा एउटा सवारी पास मात्र उपलब्ध गराइने तथा अत्यावश्यक उद्योग र कलकारखानाहरुलाई भने आˆनो कर्मचारी र कामदारलाई उद्योग भित्रै राखेर उद्योग सन्चालन गर्न निर्देश गरेको छ ।

एक जिल्लाबाट अर्को जिल्लामा जाने गरी अत्यावश्यक कामका लागि पास जारी गर्नुपर्ने अवस्था भए काठमाडौं बाहिरएका जिल्लाको हकमा गन्तव्य जिल्लाका प्रमुख जिल्ला अधिकारीको स्वीकृतिमा मात्रै पास जारी गरिने उनले बताए ।

गत वैशाख ३० गते एकैदिन ५७ जनामा कोरोना संक्रमण देखिएपछि स्थानीय प्रशासनले पर्सामा सोमबार राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको थियो ।

सोमबार राति १२ देखि निषेधाज्ञा हटाइए पनि कोरोना संक्रमण रोक्नका लागि कलडाउनलाई थप प्रभावकारी बनाउने निर्णय भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment