+
+
Shares

गर्भवती देखिन कृतीले यसरी बढाइन् तौल

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ ६ गते १४:३५

नायिका कृती सेनन चलचित्र ‘मिमी’को छायाङ्कनमा लकडाउन अगाडि व्यस्त थिइन् । यो चलचित्र उनको करिअरका लागि महत्वपूर्ण रहेको बताइएको छ ।

लक्ष्मण उतेकरको निर्देशनमा तयार भइरहेको यो चलचित्रमा उनी गर्भवती महिलाको भूमिकामा देखिँदैछिन् । लकडाउनका कारण यो चलचित्रको छायांकन रोकिएको छ यसैले यसको प्रदर्शन मिति पछि धकेलिने निश्चित छ ।

यो चलचित्रमा गर्भवती महिलाको भूमिकामा देखिनका लागि नायिका कृती सेननले तौल बढाएकी छिन् । यो विषयमा भारतीय मिडियासँग कुरा गर्दै कृतीले भनेकी छिन्–‘मैले तौल बढाउनका लागि योगा र व्यायाम छाडेकी थिएँ । मलाई थाहा थियो, तौल बढाउने काम सजिलो होइन ।’

कृतीले हलुवा र पुरी खान थालेको साथै केकहरू पनि खान थालेको बताएकी छिन्। उनले, भोक नलागेको समयमा पनि चिज खान थालेको उल्लेख गरेकी छिन् ।

कृतीले भनिन्–‘यो एउटा मात्र प्रोजेक्ट थियो जुन मैले कथा नै नसुनी हुन्छ भनेकी थिएँ । जब मैले कथा पढेँ, मैले थाहा पाएँ कि यो कती चुनौतीपूर्ण छ ।’

लकडाउनका कारण चलचित्रमा कृतीको सुरुवाती गीत खिच्न बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?