
६ जेठ, काठमाडौं । कतारको जेलमा रहेका ८ जना नेपालीहरूले क्षमादान पाएका छन् ।
कतारका अमिर शेख तमिम बिन हमाद अल थानीले इस्लाम धर्मावलम्बीको पवित्र महिना रमादानको अवसरमा कतारस्थित कारागारहरूमा विभिन्न अभियोगमा बन्दी जीवन बिताइरहेका ८ जना नेपालीहरूलाई क्षमादान दिएको कतारस्थित नेपाली दूतावासले जनाएको छ ।
क्षमादान प्राप्त गर्नेहरूमा चार जना कुटपिट, दुई जना चोरी र दुईजना सवारीजन्य कसूरमा सजाय भुक्तान गरिरहेका हुन् । उनीहरू अब नेपाल फर्किन पाउनेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4